You are viewing the translated version of विद्युतीय प्रणालीमा विवरण प्रविष्ट गर्नु पर्ने.
Section 25
विद्युतीय प्रणालीमा विवरण प्रविष्ट गर्नु पर्ने
(१) ऐनको दफा १९ बमोजिम मन्त्रालयले विकास गर्ने विद्युतीय प्रणालीमा अनुमतिपत्र प्राप्त व्यक्तिले देहायका विवरण प्रविष्ट गर्नु पर्नेछः-
(क) उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार वा बिक्री मध्ये के को लागि अनुमतिपत्र प्राप्त गरेको हो सोको विवरण,
(ख) अनुमतिपत्र बहाल रहने अवधि,
(ग) उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार वा बिक्री गरिएको तेजाब वा अन्य घातक रासायनिक पदार्थको नाम,
(घ) उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार वा बिक्री गर्न अनुमतिपत्र प्राप्त गरेको परिमाण,
(ङ) उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार वा बिक्री गरिएको परिमाण,
(च) उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार वा बिक्रीको प्रयोजन,
(छ) ओसारपसार गरिएको भए कुन स्थानबाट कुन स्थानसम्म ओसारपसार गरिएको हो सोको विवरण,
(ज) बिक्री गरिएको भए कसलाई कुन प्रयोजनको लागि बिक्री गरिएको हो सोको विवरण,
(झ) पैठारी गरिएको भए सम्बन्धित मुलुकको नाम,
(ज) मौज्दातको विवरण ।
(२) ऐनको दफा १४ को उपदफा (४) बमोजिम स्वीकृति प्राप्त गरी तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गर्ने उद्योगले देहायको विवरण उपनियम (१) बमोजिमको विद्युतीय प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ:-
(क) पैठारी गरिएको तेजाब वा अन्य घातक रासायनिक पदार्थको नाम,
(ख) पैठारी गर्न स्वीकृति पाएको मिति,
(ग) पैठारी गर्न पाएको स्वीकृति कायम रहने अवधि,
(घ) _पैठारी गर्न स्वीकृति पाएको परिमाण र पैठारीको प्रयोजन,
(ङ) पैठारी गरिएको परिमाण,
(च) पैठारी गरिएको मुलुक,
(छ) मौज्दातको विवरण ।